Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुहारीको हत्या गरेर जंगलमा गाड्ने सासू-ससुरासहित तीनजना पक्राउ

    बुहारीको हत्या गरेर जंगलमा गाड्ने सासू-ससुरासहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    कैलाली । सामुदायिक वनमा शव गाडेको अवस्थामा भेटिएकी कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुढाको हत्या गरेर जंगलमा शव गाडेको अभियोगमा उनकै सासु ससुरासहितका तीन जनालाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा मृतकका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाई नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढा रहेका छन् ।



    बुढा दम्पत्तीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव स्थानीय जंगलमा गाडेको र ज्वाई नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा कविताका ससुरा डिल्लीले भान्सा कोठामा रोटी पकाइरहेको अवस्थामा चिरपटले प्रहार गरेर बुहारीको हत्या गरेको खुलेको छ ।



    बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घर भन्दा करीब ३ किलोमिटरको दुरीमा रहेको गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा ८ फिट गहिरो खाल्डोमा गाडेका थिए । बुहारीको हत्या गरेर खाल्डोमा गाडेपछि हराएको भन्दै प्रहरीमा निवेदन दिएर उनीहरु फरार भएका थिए ।

    २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई प्रहरीले शनिबार भने घर ठेगानाबाटै पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार