Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुँदैछ । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको थियो भने आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्न लागेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् ।

कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् । थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनु पर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077