Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीको तर्फबाट बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्न लागेका छन् ।

शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको थियो भने आज अभियुक्तमध्येका सन्दीपका कानुन व्यवसायले बहस गर्न लागेका हुन् ।

शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका थिए । सन्दीपको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् ।

सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।

थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनु पर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077