Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा गोली लागेका युवकको साथबाट एक सय ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले सिनामंगलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएका युवकको साथबाट लागूऔषध (ब्राउन सुगर) बरामद भएको छ ।

एनसीबीको टोलीले सिनामंगलबाट विकास भगत नाम बताउने युवकलाई गोली हानी नियन्त्रणमा लिएको थियो। खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो ।

प्रहरीको गोली प्रहारबाट घाइते भएका भगतको साथबाट करिब सय ग्राम ब्राउन सुगर बरामद भएको छ ।

नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको थियो ।

प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077