Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाई गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरेका हुन्।

सोमबार फिलिपिन्स जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ । जहाँ मध्यपूर्वका लेवनान र कुवेतसहितको सहभागितामा साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

शनिबारसम्म शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा रहेका कारण नेपालले एकीकृत अभ्यास र तयारी आइतबारदेखि मात्र सुरु गरेको हो । यद्यपी लिग नभएको समयमा गरिएको रणनीतिक तयारीका आधारमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले गत साता २३ सदस्यीय टिम घोषणा गरेका थिए ।

नेपाल रहेको समूह ए मा भारत, कुवेत र पाकिस्तान छन् । नेपालले पहिलो खेल कुवेतसँग ६ असार, दोस्रो खेल ९ असारमा आयोजक भारत र समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077