विराटनगर । अनिश्चितकालका लागि स्थगित कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ।
सभामुख बाबुराम गौतमले जेठ ३१ गते बुधवार दिनको १ बजे बस्नेगरि बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २४ मा सदनमा पेस हुने तयारी थियो ।
सरकार अल्पमतमा परेपछि नीति कार्यक्रम पेस भएको छैन । सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।