Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • निजामती कर्मचारीलाई टिकटक बनाउन रोक, उच्छृङ्खल भएको आरोप

    निजामती कर्मचारीलाई टिकटक बनाउन रोक, उच्छृङ्खल भएको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 804
    SHARES

    काठमाडौं । निजामती कर्मचारीहरुले अब टिकटक बनाउन नपाउने भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएको भन्दै टिकटक बनाउन रोक लगाएको हो ।



    कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



    यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार