Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेट भएको छ ।

सभापति लामिछाने र राजदूत गोडरबीच आज मंगलबार बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन प्रयोग गर्ने लगायतका विषयमा छलफल भएको बताईएको छ ।

सो अवसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077