विराटनगर । कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार दिउँसो १ बजे सदनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गरेको हो ।
यसबारे जानकारी गराउँदै तयारी गर्न प्रदेशसभा सचिवालयलाई समेत अनुरोध गरिएको सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि सरकारले बजेट अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।