Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कोशीमा आज प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

विराटनगर । कोसी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०-०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

संविधानको धारा २०२ को उपधारा (१) अनुसार प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।

यही जेठ २४ गते नै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको थियो । तर, माओवादीले समर्थन फिर्ता लिएपछि रोकिएको थियो ।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077