विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिवी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ ।
अहिले प्रदेश प्रमुख खापुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
नीति तथा कार्यक्रम यही जेठ २४ गते नै सदनमा प्रस्तुत गर्ने तयारी गरिएको थियो । तर, माओवादीले समर्थन फिर्ता लिएपछि रोकिएको थियो ।
नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।