विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ ।
बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।
संविधान र कानुनअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।
प्रदेशसभामा आज नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो।
बजेट अधिवेशन अन्त्य गरेको सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ ।