Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि जवाफी बहस

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीहरुको तर्फबाट बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।

प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् ।

बिहीबार प्रतिवादीमध्येका हरिकृष्ण महर्जन र लक्ष्मी महर्जन पक्षका वकिलहरुले थुनछेक बहस गरेका छन् । उनीहरुको बहससँगै प्रतिवादी पक्षका वकिलहरुको थु्नेछक बहस सकिएको छ ।

न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएपछि वादी पक्षका वकिलहरुलाई जवाफी बहस गर्न शुक्रबार समय छुट्याएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077