Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : जवाफी बहस गर्दै सरकारी पक्ष, आजै आदेश हुने सम्भावना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइने भएको हो । काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस थालेका थिए ।

सरकारी वकिलहरुले प्रतिवादीका कानुन व्यवसायीले उठाएका प्रश्न र न्यायाधीशको जिज्ञासालाई सम्बोधन गर्दै शुक्रबार बहस गर्नेछन् ।

सरकारी पक्षको जवाफी बहसपछि सम्भवत: शुक्रबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलालसले थुनछेक आदेश सुनाउनेछ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077