Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : जवाफी बहस सकियो, आजै आदेश आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा ५ जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् ।

मुद्दामा सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए। कानुन व्यवसायीहरूले अभियुक्तहरूलाई थुनामै राखेर मुद्दालाई अघि बढाउनुपर्ने तर्क गरेका छन्।

उनीहरूले धरौटीमा तथा तारेखमा छोड्दा प्रमाण नष्ट हुने र जाहेरीकर्तालाई जोखिम हुने भन्दै अभियुक्तहरूलाई थुनामा राख्न आदेशको माग गरेका छन्। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ ।

न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् ।  काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस थालेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077