Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली सरकारको बजेट : भौतिक पूर्वाधार विकासका लागि १० अर्ब ११ करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि १० अर्ब ११ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बजेटमा विपन्न समुदायको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

जलवायु परिवर्तनबाट हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका निर्माण गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री वेदराज सिंहले बताए ।

डोल्पा से–फोक्सुन्डो किनाराको बस्तीलाई विकास गर्न ‘रिग्म बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैँया विनियोजन गरिएको अर्थमन्त्री सिंहले बताए ।

भेरी र कर्णाली करिडोर निर्माण तथा स्तरउन्नतिका लागी संघिय सरकारसंग सहकार्यगरि सड्क निर्माण गर्न १५ करोड, प्रदेशका ग्रामिण सड्क सञ्जाल निर्माणका लागी ७४ करोड ३६ लाख, मोटेरेबल पुल निर्माणका लागी ६१ करोड, निर्वाचन पूर्वाधार विशेष कार्यक्रमका लागी १ अर्व लागी १२ करोड विनियोज गरिएको छ ।

हुम्लाको मानसरोवर प्रवेशद्धार नमुना एकीकृत पूर्वाधार कार्यक्रमका लागी १८ करोड विनियोजन गरिएको छ । बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077