Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टाेपबहादुर र बालकृष्णसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश, २ जना धराैटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका लक्ष्मी महर्जन र टंक गुरुङ बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि प्रकरणमा मुछिएका महर्जनलाई ५ लाख र गुरुङलाई भने १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

एक साता भन्दा लामो वहस र सुनुवाईपछि इजलासले नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहर गरेको छ ।

यो प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका पीए नरेन्द्र केसी, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमसेर मिया, गिरोहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरीलगायत १६ जना थुनामा बस्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077