Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : गुरुङ र महर्जन धरौटी बुझाएर आजै रिहा हुँदै

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दुईजना आजै रिहा हुने भएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तमध्ये टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।

पाँचथरका गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ ।

त्यस्तै महर्जन नेपाल प्रहरी अस्पतालकी नर्स (नायव निरीक्षक) हुन् । बाँकी १६ अभियुक्तलाई भने अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077