Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँचजना ट्राफिकको फन्दामा

काठमाडौं । ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँचजना चालक पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिएका ‍सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज‍ २० वटा सवारी साधनका चालकलाई चेकजाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077