Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिल्म ‘नम्बरी सुनको’ को टिजर सार्वजनिक [भिडिओ]

    फिल्म ‘नम्बरी सुनको’ को टिजर सार्वजनिक [भिडिओ]

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 795
    SHARES

    काठमाडौं । आगामी भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुनको’ टिजर सार्वजनिक छ ।

    २ मिनेटको टिजरले ७० वर्ष पहिले नेपालमा हुने सुनको इतिहास झल्काउन खोजेको छ । टिजरमा कलाकार गौरव पहाडी र नम्रता सापकोटाको प्रेम सम्बन्धमा आउने उतार चढाव समेत समेटिएको छ ।



    अभिनेता सरोज खनाल सिनेमामा गाउँको मुखियाको भूमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पीडित श्रीमान्को रूपमा चित्रण गरिएको छ । टिजरमा अभिनेता राजराम पौडेल र किरण नेपाली पनि अटाएका छन् ।



    नारायण खातीको शब्द, कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताको अलवा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।

    फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रूप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार