Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढी र महेन्द्रनगरमा काठमाडौं वर्ल्ड स्कुलको ‘नेपाल टुर’ सकियो

    धनगढी र महेन्द्रनगरमा काठमाडौं वर्ल्ड स्कुलको ‘नेपाल टुर’ सकियो

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 498
    SHARES

    कैलाली । शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले ‘नेपाल टुर’ कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम टुर सम्पन्न भएको छ ।

    असार १ गते धनगढीको जलशा होटल र असार २ गते महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।



    कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ ? लगायत अबको शिक्षा प्रणाली र शिक्षा क्षेत्रको विषयमा छलफल गरिएको थियो ।



    सो कार्यक्रममा स्कुलका अध्यक्ष इ।डा।मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले खुलालले प्रशिक्षात्मक प्रस्तुती राखेका थिए ।

    काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौंबाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ ।

    छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ। स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ।

    स्कुलको पूर्वाधार र सुविधाहरूसमेत अत्याधुनिक र सुविधा सम्पन्न छन्। कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड दिँदै आएको स्कुलका प्रमुख इ. डा. मिथिलेश कुमार झाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार