Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साना कुरामा बोल्न भ्याउँदिन, अब म ठूला कुरामा मात्रै बोल्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे । साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने उनको भनाई छ ।

यस्तै उनले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताए । उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु रहेको बताए।

उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077