Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगे गौतम

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले मुख्यालय च्यासल पुगेका छन् ।

तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा लागेका गौतम आईतबार च्यासल पुगेका हुन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने बताएका थिए ।

पार्टीमा पुन फर्किएर सदस्यता पनि नवीकरण गर्ने बताएका गौतमले उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077