Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • सासुआमाको नाममा रहेको सम्पत्ति ज्वाइँले आफ्नो नाममा सारेपछि…

    सासुआमाको नाममा रहेको सम्पत्ति ज्वाइँले आफ्नो नाममा सारेपछि…

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मृत्यु भइसकेकी सासुआमाको नाममा रहेको सम्पत्ति किर्ते कागजात बनाएर आफ्नो नाममा नामसारी गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । प्रहरीले मकवानपुर घर भई हाल काठमाडौंको कपन बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरेको हो ।

    सतराजले सासुआमा उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको जग्गा श्रीमती र परिवारलाई थाहै नदिई किर्ते कागजात बनाएर नाममा नामसारी गरेका थिए ।



    सतराजले उमादेवी सासुआमा नभई आफ्नै आमा भएको कागजात तयार गरी उनको नाममा कीर्तिपुरमा रहेको ९९२ वर्गमिटर क्षेत्रफलको जग्गा आफ्नो नाममा बनाएका थिए । उनले किर्ते कागजात गरी सासुआमाको जग्गा हत्याएको थाहा पाएपछि श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।



    श्रीमतीको जाहेरीका आधारमा अनुसन्धानपछि सतराजलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गुरुङलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार