Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशमा सरकार र संघर्ष समितिबीच आज वार्ता हुँदै

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । बिहान ८ बजे विराटनगरको बिग होटलमा वार्ता गर्ने सहमति भएको हो ।

आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका नेता प्रेम ऐकतेनलेका अनुसार विराटनगरमा २ दिनसम्म चलेको बैठकले वार्ता गर्ने निर्णय गरेको थियो ।

सरकारले वार्ताका लागि पत्राचार गरेको १ हप्तापछि आन्दोलनरत पक्षले पनि आइतवार वार्ताका लागि समिति बनाएको छ ।

आन्दोलनरत पक्षले बनाएको समितिमा कोशीकै पक्षमा हस्ताक्षर गर्ने माओवादी केन्द्रका नेता समेत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077