Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता निष्कर्षविहीन

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ ।विराटनगरको होटल विगमा करिब ५ घण्टा भएको वार्ता भने बिना निष्कर्ष सकिएको छ ।

सरकारद्वारा गठित टोलीका संयोजक तिलकुमार मेन्याङ्बोका अनुसार छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने सहमति भएको छ ।

छलफलमा पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित रहेका थिए ।

त्यस्तै सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीको सहभागीता थियो ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले पछिल्लो समय सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077