Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताए ।

उनले यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउने अभियान रहेको जानकारी गराए । “सबै जिल्लामा ७७ पटक घण्टी बजाएर एकबद्धता जनाउने कार्यक्रम छ”, उनले भने ।

उनले पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने बताए । लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077