Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाविरुद्धको खेलमा पनि सन्दीप विकेटविहीन

    अमेरिकाविरुद्धको खेलमा पनि सन्दीप विकेटविहीन

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा सन्दीप लामिछाने विकेटविहीन भएका छन्।

    जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीप विकेटविहीन बनेका हुन् ।



    सन्दीपले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन्। विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए।



    सन्दीपले २८ बलमा रन दिएनन्। यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्। जिम्बाबेले २ सय ९१ रनको लक्ष्य ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको खेलमा सन्दीपले ७७ रन खर्चिएका थिए।

    त्यस खेलमा सन्दीपविरुद्ध घरेलु ब्याट्सम्यानले एक छक्का र ९ चौका प्रहार गरेका थिए। सन्दीपले त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला लगातार ३३ खेलमा विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार