Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुँदै नभएको वडाका नाममा बजेट परेपछि बाँस्कोटाको व्यंग्य - आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको बताएका छन् ।

शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् ।

सांसद बाँस्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ १५ नम्बर वडा कहाँ पर्छ ? प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?’

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको बताए । नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए ।

आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077