Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    भारतले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 939
    SHARES

    काठमाडौं । बंगलादेश ‘ए’ लाई ३१ रनले हराउँदै भारत ‘ए’ ले एसीसी वुमन्स इमर्जिङ टिम्स कप क्रिकेटको उपाधि जितेको छ ।

    हङकङमा बुधबार भएको फाइनल खेलमा भारत ‘ए’ ले १ सय २८ रनको लक्ष्य दिएको थियो । तर बंगलादेशले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।



    बंगलादेशका लागि नहिदा अक्तरले १७ रन तथा सोभाना मोस्तारीले १६ रन जोडे । भारतका लागि श्रेयांका पाटिलले सर्वाधिक ४ तथा मन्नत कश्यपले ३ विकेट लिए ।



    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनायो । भारतका लागि दिनेश भृन्दाले सर्वाधिक ३६ तथा कनिका अहुजाले ३० रन बनाए ।

    बंगलादेशका लागि नहिदा अक्तर र सुल्ताना खातुनले समान २-२ विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार