Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने दुई जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाँउपालिका-४ घर भई हाल काठमाडौंको वानेश्वर बस्ने वर्ष २४ का नविन पौडेल र पोखरा महानगरपालिका-२ घर भई हाल काठमाडौंको वानेश्वर बस्ने वर्ष २४का आशिष अधिकारी रहेका छन् ।

उनीहरुले पीपीएम एसोसिएशन प्रालि नामक ईन्सिच्युटले काउन्सिलको स्वीकृति विना लोगो,नाम तथा परिक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर एनएमसीएलइको तयारी कक्षा संञ्चालन गरेका थिए ।

काउन्सिलको स्वीकृति विना एनएमसीएलइको तयारी कक्षा संञ्चालन गरेका सुचनाको आधारमा उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077