Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै सडकमा निस्कियो नेविसंघ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै सडकमा निस्कियो नेविसंघ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध नाराबाजी लगाउँदै प्रर्दशन गरेको छ।

शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर केहीदिन अघि प्रधानमन्त्री  शाहले दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेविसंघले राजीनामा माग गरेको छ । 

सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले आम नेपाली नागरिकको भावनामा चोट पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

2.jpg

विरोध प्रदर्शनमा विद्यार्थीहरूले देशको सिमा र स्वाभिमान मेरो प्राण, ग्रेटर नेपाल भन्थ्यौ चुच्चे नक्सा पनि नरहला जस्तो छ , हाम्रो भूमि हाम्रो शान ज्यान देला दान दिन्नौ लगायतका सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

गत आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको पाइएको बताएका थिए । त्यसपछि नेविसंघ लगायत विभिन्न राजनितिक दलहरु प्रदर्शनमा उत्रिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077