Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त, महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त, महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।

कांग्रेस सभापति गगन थापाले सोमबार कटुवाललाई नेविसंघको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरेका हुन् ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार धनकुटाकी कटुवाललाई संगठनको अध्यक्षमा नियुक्त गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी समेत दिइएको छ ।

कांग्रेसले कटुवाललाई ११ बुँदे कार्यादेश र कार्यविवरणसहित नेतृत्वको जिम्मेवारी सुम्पिएको जनाएको छ। उक्त कार्यादेशमा संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन, विद्यार्थी तहमा पार्टीको प्रभाव विस्तार तथा समयमै महाधिवेशन सम्पन्न गराउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077