Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघको १२औँ महाधिवेशनको मिति तय

नेविसंघको १२औँ महाधिवेशनको मिति तय

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ।

नेविसंघ सभापति दुजाङ शेर्पाले आगामी बैसाख हुने महाधिवेशनलाई कम खर्चिलो र भव्यताका साथ बनाउने तयारी रहेको जानकारी गराएका हुन्। 

उनले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलो भएको बताए। 

उनले भने- 'नेपाल विद्यार्थी संघको हामीले वैशाखको २०-२१ मा १२ औं महाधिवेशन पनि तोकेका छौँ। र तपाईंहरु को-को प्रतिनिधि जान इच्छुक हुनुहुन्छ साथीहरू यसलाई फेरि अब हामी अधिवेशनबाट भाग्ने छुट छैन।'

३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन। यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने थियो ।

सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077