Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

यो विष्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो ।

यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077