Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इतिहास रच्‍ने यो सुनौलो अवसर हो, के छान्ने आफ्नो हातमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरु भएको छ ।

पार्टीको स्थापना दिवसको अवसरमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक सुरु भएको हो ।

बैठक अघि रास्वपाका सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्।

सभापति लामिछानेले भने, ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ । आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्।हुन्छ।’

उनले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउने बताए ।

अहिले रास्वपाको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चियापान आयोजना गरिएको रास्वपाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077