Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछाने भन्छन् – हर्क र बालेनलाई पनि रास्वपामा जोड्न सके असाध्यै खुसी हुन्थ्यौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा जोड्न सके धेरै राम्रो हुने बताएका छन्।

पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा बालाजुमा सरेको नयाँ कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो धारणा राखेका हुन् ।

लामिछानेले आफू उनीहरूका कामबाट प्रभावित भएको भन्दै सँगै २०८४ को चुनावमा शाह र साम्पाङलाई पार्टीमा जोड्ने चाहना भएको बताए।

सभापति लामिछानेले भने, 'हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो । हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077