Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दलहरूको लागि त्यो मोर्चा नयाँ होला, हाम्रा लागि नौलो कुरा होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरूको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने बताएका छन् ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले यस्तो बताएका हुन् ।

अध्यक्ष लामिछानेले भने,‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा.स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र ? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेडर्क नै राखेका हौं। उहाँहरूको कदममा मैले केही प्रतिक्रिया दिनुहुँदैन, त्यो अरू दलको कुरा हो। तर, हामीले नदेखेको दलचाहिँ देखेको छैन।’

उनले मोर्चा गर्ने भए जनताको मुद्दामा गरौँ भनेर आफूले संसदमै प्रस्ताव गरेको पनि बताए।

अध्यक्ष लामिछानेले मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए। उनले नागरिकको सुख–दुःख विकास निर्माणमा गाँसिदै कानुन निर्माणमै सक्रियता देखाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077