Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ जना अझै बेपत्ता

    बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 900
    SHARES

    काठमाडौं । बाढी पहिरोमा परि एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।

    गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।



    बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।



    ताप्लेजुङ र पाँचथरमा ३-३ जनाको मृत्यु भएको छ । भोजपुर, गोरखा र नुवाकोटमा एक-एक जनाको ज्यान गएको छ भने तनहुँमा पनि दुईजनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार