Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिमका मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन गर्न सचिवको नेतृत्वमा समिति गठन

    सुदूरपश्चिमका मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन गर्न सचिवको नेतृत्वमा समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 648
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

    १५ दिन भित्र प्रतिवेदन बुझाउने गरी मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।



    समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक(एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा रहेका छन् ।



    त्यस्तै, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् ।

    बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयादेवीको निधन भएको थियो  भने दुर्घटनामा मन्त्रीका पिएसओ र सवारी चालक घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार