Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माल्टा पठाईदिन्छु भन्दै ४ लाख ठगी, भक्तपुरबाट सौरब पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ स्थाई घर भई हाल काठमाडौंको तिनकुने बस्ने सौरब गौतमले रहेका छन् ।

गौतमले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै उदय भण्डारीसहित दुई जनासंग ४ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

गौतमले माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक १ लाख २० हजार कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गौतमले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गौतमलाई आज भक्तपुरको राधेराधेबाट गरेको हो ।

पक्राउ परेका गौतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077