Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा मात्रै लागे : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता टिकाउनकै लागि अर्को गठबन्धन बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने काममा लागि परेका बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको भनाइ छ ।

सभापति लामिछानेले भने, ‘सरकार अलमलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। मोर्चा बनेको थाहा भयो। अब यो के हो ? बुझ्न जरुरी भयो। त्यही गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेलामा, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ।’

राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको लामिछानेले बताए ।

जनतालाई राहत दिने, मुलुकका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने भन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी भएका कारण अलमलिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077