Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो।

उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्। काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।

युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077