Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा वादी पक्षको माग बमोजिम क्षतिपूर्ति सम्बन्धि मुद्दामा पण्डितको इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुँदैछ । जिल्ला अदालतले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि पेसी तोकिएको हो ।

वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए।

सन्दीपको मुद्दाको फाइनल वहसको पेशी भने अहिले स्थगित छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाब्वेमा रहेका कारण अहिलेलाई फाइनल पेशी स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077