Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप एकजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरी फरार सूचीमा रहेका आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट पक्राउ गरेको हो ।

भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरी लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले १६ जनालाई असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायाको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077