Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईन ग्याम्बलिङ (जुवा) खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ घर भई हाल कंलकी बस्ने राजा चौधरी,विबेक चौधरी, रितेन्द्र प्रधान र नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका घर भई हाल ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।

काठमाडौं महानगरपालिकाका बिभिन्न ठाँउबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका ४ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077