Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको आजको बैठकमा पनि मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने छन् ।

जसअनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077