Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजस्व अनुसन्धान विभागको जिम्मेवारी प्रधानमन्त्रीका निजी सचिव ढुंगानालाई

    राजस्व अनुसन्धान विभागको जिम्मेवारी प्रधानमन्त्रीका निजी सचिव ढुंगानालाई

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिव रहेका सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा सरुवा भएसंगै ढुंगानालाई उक्त जिम्मेवारी दिइएको हो ।



    अर्को निकाय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिनेगरी सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरुवा गरेको जनाइएको छ ।



    तर सापकोटालाई सम्पत्ति शुद्धिकरणमा लाने पक्षमा प्रधानमन्त्री प्रचण्ड छैनन् । सापकोटालाई साढे ४ महिनाअघि राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार