Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पश्चिम नवलपरासीमा छोराले गरे आमाको हत्या, अनुसन्धान गर्दै प्रहरी

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले सोमबार साँझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मुसहर आमाको हत्या गरेपछि घरभित्रै शवलाई छाडेर फरार थिए ।

हत्यापछि फरार रहेका अभियुक्त शिवकुमारलाई प्रहरीले रूपन्देहीको गैंडाहवा ८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077