Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक इजलासबाट रवि लामिछानेविरुद्धको रिट खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद खारेजीको मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफल पौडेलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।

सफलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077